Thursday 8th October 2026

प्रतिमा शिवाकोटीको “…दिल खोलेर आउ” बोलको गीत युटुबमार्फत सार्वजनिक


तीतोपाटी – गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको   “साँचो माया गर्छेउ भने दिल खोलेर आउ” बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो ।

लोकलयको युगल गीतको रूपमा रहेको उक्त गीतलाइ संगीतकार रामकृष्ण थापाले संगीत भरेका छन् भने  सुमधुर स्वरका धनी एवं चर्चित रामकुमार नेपाली र नवगायिका रचना रिमालले स्वर भरेका छन् ।

वेभ स्टुटियोका समिर कार्कीको रेकर्डिङ र नरेन्द्र वियोगीको मिक्सिङ रहेको उक्त गीतमा दुइ प्रेमी प्रेमिका बिचका प्रेमालापका अारोह अवरोहलाइ शक्दमा उतारिएको छ भने गायक गायिकाले शब्द अनुसारको गीतलाइ न्याय दिएका छन् ।

गुरू भोटियाको क्यमेरा, बिष्णु खड्काको सम्पादन र गायक नेपालीकै निर्देशनमा तयार गरिएको उक्त गीतमा स्टुडियोको भिजुअल मात्रै प्रस्तुत गरिएको छ । उक्त गीतका लागि छुट्टै अभिनयकर्ता मोडलहरू नराखिए पनि रचनाकार स्वयं एवं गायक-गायिका र सिंगो सांगीतिक टिमलाइ मिलाएर स्टुडियोमा छायांकन गरिएको छ भने सर्जक शिवाकोटीले सबैले एक पटक पुरै म्यूजिक भिडियो हेरेर सुनेर सल्लाह, सुझाब र प्रतिकृया दिन तथा भिडियोलाइ लाइक तथा शेयर गरि सहयोग गरिदिन पनि सबै दर्शक, श्रोताहरूमा अनुरोध गरेकी छन् ।

म्यूजिक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोसः

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...