Saturday 22nd August 2026

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न सिसिएमसीलाई पत्र


तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो।

प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिकहरु रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको विभागले जनाएको छ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको थियो।पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तिमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै टिकाटिप्पणी उठेको थियो।

नेपाली श्रमिकहरुका अधिकांश गन्तव्य मुलुकहरुले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन सरोकारवालाहरुले समेत आग्रह गर्दै आएका थिए।

@सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...