Wednesday 28th October 2026

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न सिसिएमसीलाई पत्र


तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो।

प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिकहरु रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको विभागले जनाएको छ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको थियो।पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तिमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै टिकाटिप्पणी उठेको थियो।

नेपाली श्रमिकहरुका अधिकांश गन्तव्य मुलुकहरुले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन सरोकारवालाहरुले समेत आग्रह गर्दै आएका थिए।

@सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...