Thursday 17th September 2026

राम देउबाको गजल संग्रह – २


गजल
###

बुझ्नु कसरी बाहिरी नजरको इसारा कसैको ।
पाउँछु कि भनि हिडेको थिए ‌सहारा कसैको ।

सोझो तरिकाले बुझ्न खोजे नम्वरी रहेछौँ
भुलेर पनि भुलाउन सकिएन झटारा कसैको ।

खोज्दै थिए बस्न कसैको अन्तर मन भित्र
बन्यौँ चन्द्र रुपी दर्पण तारा कसैको ।

आफैंमा प्रगाढ हुनुपर्छ सदा निश्चल माया
छुटाउँने कोसिस सफल हुन्न तगारा कसैको ।

प्यासी थियौं प्यास मेटाउन आउ बगरमा पस
ए!हजुर पिउँदैमा रित्तिदैन फेवा रारा कसैको ।

-राम देउबा
सायल १डोटी
हाल-भारत


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...