Thursday 18th June 2026

शाकाहारीलाई स्वादिलो तरकारी कटहर


आर. बी. बुढाथोकी-तीतोपाटी-मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ ।

कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः

काचो कलिलो कटर आधा किलोग्राम, तोरीको तेल ५० एमएल, मेथि आधा चिया चम्चा, होल गरम मसला ७ ग्राम, अदुवा लसुन पेस्ट १ र आधा चिया चम्चा, प्याज काटेको ६० ग्राम, काटेको गोलभेडा ८० ग्राम, बेसार १ चिया चम्चा, जिरा धनियाँको धुलो एक–आधा चिया चम्चा, मिक्स गरम मसलाको धुलो १ चिया चम्चा, नून स्वाद अनुसार, सुकेको खुर्सानी ३ पिस, खुर्सानीको धुलो १ चिया चम्चा, ताजा धनियाँ आधा मुठा ।

कटहरको तरकारी बनाउने विधिः

हातमा तेल लगाएर कटहर ताछ्ने र बेसार हालेर उसिन्ने । राम्ररी पाकेपछि चिसो बनाएर डाउस काट्ने र एक साइड लगाउने । बाक्लो कराइमा तेल हालेर तातेपछि मेथि, होल गरम मसला, सुकेको खुर्सानी फुराउने । प्याज हालेर ब्राउन हुनासाथ अदुवा, लसुन हालेर एकछिन भुट्ने । सबै मसला, नून, बेसार, खुर्सानीको धुलो हालेर चलाउने र काटेको गोलभेडा हालेर अझ एकछिन भुट्ने । केही लेदो हुनासाथ काटेको कटहर हालेर राम्ररी मिक्स गरेर स्लो हिटमा चलाइचलाई पकाउने । अन्त्यमा हरियो धनियाँ हालेर सर्भ गर्ने ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...