Sunday 25th October 2026

ग्रिसको एथेन्समा विस्फोट, ६ जनाको मृत्यु


ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र एक वृद्ध दम्पती रहेका छन्। ग्यास चुहावटका कारण विस्फोट भएको आशंका गरिएको छ।

विस्फोटपछि तीन तले पुरानो भवन पूर्ण रूपमा भत्किएको थियो। घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् भने आसपासका भवनमा पनि क्षति पुगेको छ।

उद्धार टोलीले भग्नावशेष हटाएर खोजी गरेपछि सबै बेपत्ता व्यक्तिको शव फेला पारेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्।…

प्रतिकृयाहरू
...