Sunday 25th October 2026

पाकिस्तानमा आत्मघाती हमला, १२ जनाको मृत्यु


पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्रहरी चेकपोस्टलाई लक्ष्य गरी विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काइएपछि विस्फोट भएको हो। मृतक र घाइतेमध्ये अधिकांश सुरक्षाकर्मी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्।

घटनाको जिम्मेवारी कुनै समूहले नलिए पनि पाकिस्तानी तालिबान (टीटीपी)माथि शंका गरिएको छ। उद्धार टोलीले घाइतेहरूलाई अस्पताल पुर्‍याएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हाल पाकिस्तान–अफगानिस्तान सीमामा तनाव बढिरहेका बेला यो हमला भएको हो।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...