Saturday 26th September 2026

पाकिस्तानमा आत्मघाती हमला, १२ जनाको मृत्यु


पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्रहरी चेकपोस्टलाई लक्ष्य गरी विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काइएपछि विस्फोट भएको हो। मृतक र घाइतेमध्ये अधिकांश सुरक्षाकर्मी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्।

घटनाको जिम्मेवारी कुनै समूहले नलिए पनि पाकिस्तानी तालिबान (टीटीपी)माथि शंका गरिएको छ। उद्धार टोलीले घाइतेहरूलाई अस्पताल पुर्‍याएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हाल पाकिस्तान–अफगानिस्तान सीमामा तनाव बढिरहेका बेला यो हमला भएको हो।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...