Saturday 19th September 2026

सरकार दुई-तिहाइ मत अनुसारको काम गरियोस


माधव पौडेल – नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एक भएर बनेको दुई तिहाइ कम्युनिस्ट सरकारले जनभाबना र आफ्नो निर्वाचनका बेला गरेको संकल्प बिपरित काम गर्न लागेको यात्र-तत्र चर्चा छ।बिषेश गरी ३३ किलो सुन कान्डको अनुसन्धान रोकिनु र डाक्टर गोबिन्द केसीको माग देखी लिएर कानुन मन्त्री शेर बहादुर तामाङको रजिनामा सम्मको बिकासित राजनिती र आन्दोलनहरुले जनजीवन अस्त ब्यस्त हुँदै छ भने सरकार प्रती जनताले गरेको आशा निराशामा परिणत हुँदै छ।

दुई तिहाई मत सहित रहेको बलियो सरकारको जगमा देशको बागडोर सम्हालिरहेको बामपंथी सरकार त्यसमा पनि दुरदर्शि नेता केपी अोलि प्रधानमन्त्री भएको सरकारको हिजो अाज चौतर्फी रुपमा अालोचना भइरहेको बर्तमान परिपेक्षमा अालोचना केहि कारणहरुलाई लिन सकिन्छ।

१.गृहमन्त्रीले राम बहादुर थापाले साच्चिकै भिमसेन थापाकै अबतार झै सुरु सुरुमा राम्रो गरे।कामका अाधारमा तारिफ पाए तर परिणाममा न सुन भेटियो नत ढिलासुस्ती गर्ने ठेगदार ठेगाना लगाउदै कारबाही गरियो।न सिन्डिकेटको अन्त्य भोयो।हिजो अाज गृहमन्त्रालयले प्राध्यापक र डाक्टरहरुलाई अस्पातलमै लाठी चार्जमा उत्रिए जसले जनतामा त्रास बढेको छ।

२-समाजबादको नारा बोकेको सरकारले पुर्व सरकारले पारित गरेको अत्यादेशलाई उल्ट्याउने मात्र गरेन धेरै नियुक्ती समेत बदर गर्यो यो सरकारले। फेरि पनि मेडिकल माफिया प्रक्षपोषण हुने र पुजीवादलाई अाश्रय पुग्ने खालको स्वास्थ्य,शिक्षा बिधेक ल्यायर आफ्नै बिचौलियाहरु र पार्टीहरुलाई खेल्ने मौका दिनु जायज थिएन जसले गर्दा अाम जनमानसमा अालोचित हुनु परेको छ।

३-बिभिन्न देशमा नियुक्त गरेर काम गरिरहेका राजदुतहरुलाई राजनैतीक नियुक्ती भन्दै समय नपुग्दै फिर्ता बोलाउने भन्ने निर्णय भयो भने हाम्रो देश र सम्बन्धित देश संगको कुटनैतीक हिसाबले पनि नराम्रो निर्णय हो।

४- डाक्टर गोबिन्द केसिको अनसनलाई सत्याग्र सम्म पुर्याएर अान्दोलनको रुप दिने मौका यहि सरकारले दिएको हो तरपनि समय बिति सकेको छैन।डाक्टर केसीलाई बार्तामा बोलाएर समस्याको समाधान गर्ने कि बिचौलिया पार्टीहरुसंग दोहोरी खेल्ने? सरकार समयमै राम्रा मागहरुलाई समाधान गर्दै देशको बिकासका लागि निकाश खिज्ने कि?

५- दुर्गा प्रसाइले खुलेअाम रुपमा बंगलादेशमा डाक्टर पढेका र पढिरहेका नेपाली चेलीहरुको चरित्र हत्या गर्दा पनि सम्बन्धित पक्ष र सरकार उनी बिरुद्द केही बोल्न नसक्नु र कानुन मन्त्रीको रजिनामा मागिदै रजिनामा दिन वाध्य बनाइनुलाई पनि धेरैले सरकारको आलोचना गरेका छन।

६- अर्थमन्त्री, संचारमन्त्री लगाएतले मिडियालाई गरेका दुर्व्यबहार गरेको कृयाकलापमा समेत सरकार चुप रहनु राम्रो होइन?

७-देशमा चरम मुल्यबृद्धीको अबस्था सृजना हुनु, करको दायरा दोब्बरले बृद्धि हुनु,काठमाडौमा फोहोरको समस्या बिसको-उनाइस नहुनु ,उच्च पदमा रहेका माननियहरुको सम्पत्ति बिबरण र त्यसले सृजना गरेको नकारात्मक टिका टिप्पणीहरुले जनताबाट यो सरकारले धेरै बिश्वास गुमाइसकेको अबस्था रहिरहेको छ।

८-फेरि डक्टर केसिको मागलाई बेवास्ता गर्दै मेडिकल माफियाको हितमा यो सरकार लाग्छ भने केपि अोलिले देखेको मेट्रो ,मोनोरेल,पानीजहाज,घरघरमा पाइपबाट ग्यास,तुईनबाट पुल बिस्तापना को काम शुरु नहुनु र बिषेश गरी सडक लगाएत निर्माणका कामहरु कमजोर हुनु ।

बास्तबमै सबै नेपाली जनताहरुले चाहना राखेका र धेरैले विश्वास, भरोसा गरेको नेपालको दुई-तिहाइ बामपन्थी सरकारसंग धेरै नेपाली जनताहरुले धेरै आशा र भरोसा गरेका छन।त्यसैले सरकार दुई-तिहाइ सरकार अनुसारको काम गरियोस र जनताको भाबनालाई समेटियोस।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...