Tuesday 6th October 2026

निषेधाज्ञा खुकुलो भएसँगै भिसा लगाउन युवाहरू काठमाडौंमा


तितोपाटी- निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक राेजगारका लागि भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् ।
महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर फर्किएका थिए । त्यतिबेला कतार जादा मेनपावरले भने बमोजिमको काम र तलब नपाउँदा उनी घर फर्किएका थिए । त्यतिबेला लागेको ऋण तिर्न उनी अहिले फेरि कतारको भिसा लगाउन काठमाडौं आएका छन् । सर्लाहीका अमर महता पनि नेपालमा भनेजस्तो रोजगारी नपाएपछि कतारको भिसा लगाउन आएका छन् ।

–साभार बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...