Saturday 15th November 2025

एनआरएनए कुवेतले अक्सिजन सिलिन्डर किन्नको लागि १६ लाख भन्दा बढी सहयोग केन्द्रलाई बुझायो


तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।

कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक कार्यक्रम बिच गोरखापत्रका सह-सम्पादक राजेश चाम्लिङ,समाजसेवी बलिराज खम्बु मोयथाई राष्ट्रिय प्रशिक्षक रमा राईको उपस्थितिमा एनआरएनए कार्यालय प्रमुख राजेश रानालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकम एनआरएन कुवेतको राहत कोषबाट दुई लाख, सस्थागत र व्यक्तिगतरूपमा सहयोगी हातहरुबाट संकलन गरिएको
आपतकालिन राहत समिति संयोजक राना ध्वज लामाले जानकारी दिए । कोरोना भाइरसको दोस्रो लहरको भयावह अवस्थामा देशको सातै प्रदेशमा सहयोग पुर्याउने लक्ष्यको साथ एनआरएन मध्यपुर्वले आइसिसी सचिव आरके शर्माको संयोजकत्वमा अभियान चलाइएको थियो।

गैर आवासीय नेपाली संघले राहत संकलनको निम्ति मध्यपुर्वका सबै देशहरु कतार, दुबई, कुवेत,ओमान, साउदिअरब र बहराइनले कठिन परिस्थितिको बाबजुद पनि खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको मध्यपुर्व संयोजक प्रबीण गुरुङले बताए ।

नेपालीका लागि नेपाली’ भन्ने मूलनारालाई आत्मसाथ गर्दै मध्यपूर्वका श्रमीक नेपालीहरू जन्मभुमिमा परेको प्राकृतिक विपतको घडिमा भुकम्प जाँदा होस, बाढिपहिरो, हावाहुरीले तहसनहस बनाउदा सदैव सहयोगको लागि अग्रभागमा रहेर सहयोगार्थ रकम देशलाई जुटाइ दिदै आएको इतिहास छ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालीलाई विदेशमा पनि उत्तिकै आक्रान्त पारी नै रहेको छ तथापी यस्तो कठिन घडीमा पनि प्रवासी श्रमिकहरूले आफ्नो गाँस कटाएर सहयोग गरिरहेका छन्‌ ।

एनआरएनए कुवेतको सहयोग अभियानलाई साथै दिदै मातृभुमीको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी संघसस्थाहरु, सहयोगी हातहरु सबैलाई एनसिसी कुवेतका अध्यक्ष सुजन केसीले धन्यवाद दिएका छन् ।

स्वदेशमा अक्सिजनको अभाव भइ बिरामीहरू बचाउन नसकेकिरहेको अवस्थामा एनआरएनले हातेमालो गरी मध्यपूर्वबासी सम्पूर्ण नेपालीहरूको सहयोगबाट ओमानबाट ४० लीटर क्षमताका ५६० सिलिन्डर र चाइनाबाट ५६० रेगुलेटर पठाएर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...