Friday 15th August 2025

६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश


तितोपाटी- जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए ।न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए । सो आदेशसँगै १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।रातोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...