Tuesday 6th October 2026

ओलीको प्रतिगमन परास्त नभएसम्म विपक्षी गठबन्धन कायम रहन्छ : प्रचण्ड


तितोपाटी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका हुन् ।
विपक्षी गठबन्धनमा विभाजन नआउने उनको भनाइ थियो । ‘प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने हामीबीच समझदारी भएको छ । हाम्रो एकता कायम रहनेमा ढुक्क हुनुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता मात्रिका यादवले भने ।
निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई कारबाही केन्द्रीय कमिटीको बैठकबाट हुनुपर्ने बताएपछि माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिधिलाई कारबाही गरेको छ ।
माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेकाहरू कारबाहीमा परेका हुन् । यो निर्णय आयोगलाई जानकारी गराउने तयारी माओवादी केन्द्रको छ ।
४ असारमा मुक्ति प्रधान, दीनानाथ शर्मा, लीलामणि पौडेलले कारबाहीमा परेका जनप्रतिनिधिहरूको विवरण अध्यावधिकको माग गरेका थिए । आयोगले केन्द्रीय कमिटीमार्फत कारबाही गरेपछि मात्रै अध्यावधिक गरिने बताएपछि पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...