Wednesday 26th June 2024

ओलीको प्रतिगमन परास्त नभएसम्म विपक्षी गठबन्धन कायम रहन्छ : प्रचण्ड


तितोपाटी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका हुन् ।
विपक्षी गठबन्धनमा विभाजन नआउने उनको भनाइ थियो । ‘प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने हामीबीच समझदारी भएको छ । हाम्रो एकता कायम रहनेमा ढुक्क हुनुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता मात्रिका यादवले भने ।
निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई कारबाही केन्द्रीय कमिटीको बैठकबाट हुनुपर्ने बताएपछि माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिधिलाई कारबाही गरेको छ ।
माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेकाहरू कारबाहीमा परेका हुन् । यो निर्णय आयोगलाई जानकारी गराउने तयारी माओवादी केन्द्रको छ ।
४ असारमा मुक्ति प्रधान, दीनानाथ शर्मा, लीलामणि पौडेलले कारबाहीमा परेका जनप्रतिनिधिहरूको विवरण अध्यावधिकको माग गरेका थिए । आयोगले केन्द्रीय कमिटीमार्फत कारबाही गरेपछि मात्रै अध्यावधिक गरिने बताएपछि पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग‍-अ सिक्स' पृथ्वीमा फर्किएको छ। 'चाङ्ग‍'अ…

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुराचारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी…

पुष्कर अथक रेग्मी - नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको अवसरमा दोस्रो दिन मञ्चको वालमा लघुकथाकार लक्ष्मण अर्यालद्वारा लिखित एवं…

प्रतिकृयाहरू
...