Sunday 9th November 2025

सिन्धुपाल्चोकका बाढी पीडितलाइ सहयोग गर्न सिन्धुपाल्चोक सेवा समाज कुवेतको हार्दिक अपिल


तीतोपाटी – सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाइ सहयोग गर्न कुवेतवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । समाजका अध्यक्ष बिकास तामाङ (गोले)द्वारा हस्ताक्षरित अपिलमा कुवेतमा कृयाशिल संघ संस्था तथा सामाजिक मनका धनि पत्रकार, कलाकार, खेलाडी, वुद्धिजीवि तथा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ हार्दिक अपिल गरिएको छ ।

अपिलमा केहि दिन पहिले देखि भएको अविरल वर्षाको कारण गत असार १ गते राति सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीमा अाएको बाढीपहिरोले मेलम्ची अासपासका सयाैं परिवार घरवार विहिन भएको र तत्काल यथासिघ्र राहतको खाँचो भएकोले कुवेतमा कार्यरत सबैलाइ सहयोग गर्न अपिल गरिएको छ ।

सहयोग गर्न इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूलाइ तपसिल बमोजिमका व्यक्तिहरूलाइ सम्पर्क गरि सहयोग गर्न सकिने पनि अपिलमा जनाइएको छ ।
सहयोग को लागि सम्पर्क
बिकास तामाङ (गोले ) 51491429
रोशन पाख्रिन 66568671
माधब पौडेल 66043509
राजकुमार श्रेष्ठ 65945766
प्रदिप कार्की 6601 9540

संस्थाद्वारा सार्वजनिक सहयोग अपिल जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...