Saturday 15th November 2025

सिन्धुपाल्चोकको हेलम्बुमा बेपत्ता हुनेको संख्या ७ पुग्यो, १ जनाको शव फेला


तीतोपाटी डटकम-काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए ।

हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका (प्रवक्ता) डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।

बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको प्रजिअ पोखरेलले बताए ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...