Thursday 27th August 2026

सेयर बजारमा ‘करेक्सन’, काराेबार रकम साढे १६ अर्ब नाघ्याे


तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेकाे छ ।

यसअ अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएके थियो । तर आइतबारको रेकर्ड सोमबारसम्म पनि टिक्न सकेन । सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

नेप्से परिसूचकमा करेक्नसन देखिए पनि काराेबार रकममा भने उल्लास नै देखिएकाे छ । काराेबार रकम १६ अर्ब ५२ कराेड ८७ लाख रूपैयाँ भन्दा धेरै भएकाे छ ।
साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...