Wednesday 7th October 2026

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या


तितोपाटी- नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको मुख्य भूमिका रहेको रहस्य खुलेको छ । विगत २/३ वर्षदेखि श्रीमान दिपक पाण्डेयको हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामै गत जेठ ५ गते कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा नेता पाण्डेको हत्या भएको खुल्न आएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

दिपक पत्नी महिमाले पतिको हत्या गर्नका लागि अर्का मुख्य योजनाकार कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओम प्रकाश यादवलाई प्रयोग गरेकी छिन् । प्रहरीकाअनुसार ओमप्रकाश यादवसँग महिमाको अनैतिक सम्बन्ध थियो ।

सो अनैतिक सम्बन्धबारे दिपक पाण्डेलाई थाहा भए आफूलाई अप्ठ्यारो हुने थाहा पाएपछि दिपकको हत्या गर्ने योजनामा पत्नी महिमा र ओम प्रकाश अघि बढेको प्रहरीले जनाएको छ ।

पत्नी महिमा र ओम प्रकाश दुवैजना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपालिका २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अलीपखियालाई प्रयोग गरी उनीहरुबाट हत्या गराउन लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

दिपकको हत्या गर्ने व्यक्तिलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार दिपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण गरेको आरोपमा प्रहरीले कपिलवस्नु नगरपालिका १ कैलाश टोलका ३५ वर्षीय पूर्ण विर पाल्पाली, कपिलवस्तु नगरपालिका २ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, यशोधरा गाउँपालिका ४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवसतु नगरपालिका ५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीरामकुर्मी, कपिलवस्तु नगरपालिका १ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका २ बरगदवा बस्ने प्रवीण गुप्ता रहेको प्रहरीले जनाएको छ ।

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । सो टोलीले घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकार सहित अन्य संलग्न ११ जना सबैलाई पक्राउ गरी मुद्धा प्रक्रिया अघि बढाएको छ । साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...