Wednesday 6th August 2025

कुवेतमा धुलो सहितको हावाहुरी बुधवार सम्म जारी रहने,सबैलाई सतर्क रहन आग्रह


तितोपाटी- कुवेतमा गत बिहिवार देखी निरन्तर भीषण हावा धुलो सहित मौसम भारी मात्रमा खराब देखीएको छ।

कुवेत मौसम बिभाग मुहम्मद करमका अनुसार आगामी बुधवारसम्म मौसम खराब रहने बताएका छन।

पछिल्ला दुई दिनमा प्रति घण्टा ७० किलोमिटर भन्दा बढीको गतिशील उत्तरपश्चिमी हावाले हजारौं टन बालुवालाई राजमार्गमा पूर्याएको छ। साथै धूलोले कुवेतको आकाशलाई पूर्ण रूपमा ढाकेको देखीन्छ।

कुवेतको धुलो मौसममा अस्थिरता बुधवार सम्म जारी रहने मौसमविद मुहम्मद करमले बताएका छन। त्यस्तै आन्तरिक मन्त्रालयले कुवेतमा कार्यरत आप्रवासी सबैलाई बाहिर जाँदा उचित सावधानी अपनाउन र कुनै पनि सहयोगको आवश्यक्तामा आपतकालीन नम्बरमा फोन गर्न सुझाव दिएको छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...