Sunday 27th September 2026

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्न तीनै जिल्लाका सिडिओहरूको बैठक बस्दै


तितोपाटी- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेर िथप गरिने भएको छ । यसबारे निर्णय लिन आज उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको संयुक्त बैठक बस्दै छ ।

यसअघि थप गरिएको निषेधाज्ञा यही जेठ ३१ गते मध्यरातमा सकिनेछ । त्यसपछि पुनः थप १५ दिनसम्म निषेधाज्ञा बढाउने तयारी गरिएको स्रोतले जनाएको छ । यद्यपि यसबारे आजको छलफलबाट निधो गरिने जनाइएको छ ।

निषेधाज्ञा थपे पनि केही नियमहरु केही खुकुलो पार्दै जाने र विस्तारै निषेधाज्ञा फितलो बनाउने मोडालिटीमा छलफल हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाहले महासभामा नेपालका प्राथमिकता, जलवायु परिवर्तनका चुनौती…

हुम्लामा पछिल्लो ४८ वर्षयताकै ठूलो वर्षा भएको छ। मौसम तथा जलवायु विज्ञान कार्यालयका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्मको २४ घण्टामा…

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...