Monday 19th January 2026

ओलीले एकताको आह्वान गरेपछि खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक


तीतोपाटी डटकम-काठमाडौं । नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिइन् । उनले भनिन्, ‘औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ । ‘उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ, जस्तो-मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ । त्यसले त सिद्धियो नि ?,’ उनी भन्छिन् ।

ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या ? अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।’

साभार-राताेपाटी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...