Sunday 26th July 2026

धर्मिला कार्कीको गजल संग्रह – २२


नेता व्यस्त छन् सुखी जिन्दगी खोज्न
जनता विदेशिन्छन् अन्न पानी खोज्न।

प्रमाण-पत्र जति दराजमा थन्काएर
विदेशिनु परेको छ समृद्धि खोज्न।

खाडीमा नै आधा उमेर ढल्केपछि
थाल्नु परेको छ जीवन साथी खोज्न।

भोको पेट भर्न अनाथका आँखा सधैँ
लालायित हुन्छन् समाजसेवी खोज्न।

छिमेकी राष्ट्रका महोदयज्युहरु
लाग्नु हुन्छ दलाल र व्यापारी खोज्न।

बुद्धकै देशमा अशान्ति छाएपछि
कहाँ जानु र खै अब शान्ति खोज्न।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...