Wednesday 16th September 2026

केही टुक्का- काव्य -जगत थापा


१.
गाउँ छोडी परदेश आएर,
धेरै रुहे दु:ख पिर पाएर।

२.
मेरी बुढी आमा छिन् घरमा,
मैले छोडे दाईको भरमा।

३.
म परदेशमा एक्लै हुन्छु,
घरमा आमा सम्झिँए रुन्छु।

४.
सधै आमाको आखाँमा आसुँ देख्छु,
परदेशबाटै दुई शब्द लेख्छु ।

५.
मलाई पनि बस्न छैन् खाडीमा बस्ने मन,
रगत पसिना बेचेर कमाउन धन।

६.
जत्ति धेरै गरे पनि यता काम,
गर्न मिल्दैन आमा यता आराम।

७.
दिन रात मैले नखाएर खाना,
आमा हेर्छु म बनाएर बहाना।

८.
दिन न रात केही पनि नभनी,
काम गर्नु पर्छ परिश्रमी बनी।

९.
यता कोरोना पनि सुनसान भयौ,
कहिल्यै नफर्किने गरी कता गयौ।

१०.
यहाँ मरिन्छ कि भन्ने लाग्दै थियो डर,
बाचिन्छ अब छैन कोरोनाको कहर।

-जगत थापा


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...