Tuesday 14th October 2025

रामराजा के.सी.को झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना

१. म बाँचेको किन भन्थें
देश बेचेको हेर्न रहेछ ।

२. आमालाई नरूवाउनु
दश धाराको पाप लाग्ला ।

३. मरुभूमि आमाको छाति बन्दा
नर्कमा बास नपाउलाऊ ।

४. रोएपछि आँसु पुछ्ने गर
गिज्याउनेको खाँचो छैन ।

५. खुसी जिन्दगीको कुरा नगर
आँशुको फेवातालमा डुबुल्की मार्दै छु ।

६. माटोको माया लाग्छ
आमाको भन्दा धेरै ।

७. पैसाको माया लाग्छ
नाताको भन्दा धेरै ।

८. काग समाचार के ल्याउँछ?
पछि दगुर्नेको कमिछैन यहाँ ।

९. धैरै छिटो नहिँडौँ भन्छु
समय त्यसै दौडिदिन्छ ।

१०. ध्यान गर्दै छु आज
स्वर्गमा बाँस पाउनलाई ।

रामराजा के.सी., फर्पिङ, काठमाडौँ ।
Powered By: ShresthaSushil.com.np


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...