Tuesday 14th October 2025

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २३


माया रुपि सागरको, मुल बनेर आउ तिमी।
दुई मुटु जोड्ने पक्की,पुल बनेर आउ तिमी।

ढकमक फक्रि यहाँ , सुगन्धित बास्ना छरी,
सदाबहार फुलिरहने,फुल बनेर आउ तिमी ।

सयौं जुनि सम्म पनि चोखो पिरतीलाइ ढाक्ने,
टल्‌ टल्‌ गरि टल्किने त्यो,तुल बनेर आउ तिमी।

इमान्दारी ,सोझो,असल,मान्छे बनाउन सक्ने,
प्रिया अति राम्रो एउटा, रुल बनेर आउ तिमी ।

अन्धविश्वास कुरीति र कुसंस्कारलाई हटाएर,
सभ्य समाज निर्माण गर्ने टुल बनेर आउ तिमी।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८,सुनखानी दोलखा।
(रचना: २०७८ जेठ १९ बुधबार)


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...