Tuesday 14th October 2025

लघुकथाः म कुर्छु मेरी आमालाई -पुष्कर ‘अथक’ रेग्मी


गतसाल छोरो बिरामी भएर घर आयो । कोरोनाले ग्रसित भएकोले अस्पतालमा भर्ना भयो । आमाले रात दिन खटेर हेरचाह गरी छोरालाई निको पारिन् । लगन जुरी सकेकोले बिहे गरिदिइन् । बुहारी लिएर छोरो जागीर खान गयो ।

यसपाली पनि कोरोनाको न्यू भेरियन्ट देखा पर्यो । आमा कोरोना संक्रमित भइन् ।अस्पतालमा भर्ना गरियो । छोरा बुहारी आए । छोरी ज्वाइँ जम्मा भए । आमालाई अस्पतालमा कस्ले कुर्ने ? सबैले मुखामुख हेर्न लागे । छोराले केही जवाफ दिएन । बुहारी कोठाभित्र पसिन् ।
“म कुर्छु मेरी आमालाई “ भन्दै रूँदै छोरी अस्पतालतर्फ लागिन् ।

पुष्कर ‘अथक’ रेग्मी
तानसेन, पाल्पा।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...