Wednesday 17th June 2026

संसद विघटनविरुद्धका १९ मुद्दा प्रधानन्यायाधीश राणाको एकल इजलासमा


तितोपाटी- प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ मुद्दाको सुनुवाइ आज सुरू हुँदै छ छ । तर परमादेश जारी गर्न माग गरिएको ती १९ वटै मुद्दाको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको हो ।

ती सबै रिट निवेदनको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा तोक्नुभएको छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दायर भएका ४ वटा रिटको पेशी पनि आजै तोकिने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै दायर गरेको रिट आजको पेसीमा परेका छन् । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ भने बाँकी ११ रिट भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। न्युज२४ नेपालबाट


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...