Saturday 24th January 2026

संसद विघटनविरुद्धका १९ मुद्दा प्रधानन्यायाधीश राणाको एकल इजलासमा


तितोपाटी- प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ मुद्दाको सुनुवाइ आज सुरू हुँदै छ छ । तर परमादेश जारी गर्न माग गरिएको ती १९ वटै मुद्दाको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको हो ।

ती सबै रिट निवेदनको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा तोक्नुभएको छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दायर भएका ४ वटा रिटको पेशी पनि आजै तोकिने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै दायर गरेको रिट आजको पेसीमा परेका छन् । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ भने बाँकी ११ रिट भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। न्युज२४ नेपालबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...