Wednesday 7th October 2026

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी


तितोपाटी- उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ। आज बस्ने बैठकले जारी निषेधाज्ञा थप गर्ने सम्भावना रहेको बताइएको छ।

कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउनसमेत लागू गरेको छ। उपत्यकामा यस अघि लगाइएको निषेधाज्ञा जेठ १३ गते सकिंदैछ।निषेधाज्ञा लगाए पनि कोरोना संक्रमण दर भने घटेको छैन । अझ कडाइ गर्ने विषयमा आजको बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ।

यस अघि प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यकबाहेक सबै सेवा र व्यापार व्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा बन्द गर्ने निर्णय गरेको थियो।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय र चिडियाखाना चलाउन पनि निषेध गरिएको छ।गृह मन्त्रालयका अनुसार अहिले देशका ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी छ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...