तितोपाटी- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रतिनिधि सभा विघटनको पक्षमा उभिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति गरेको संसद विघटन संविधानसम्मत भएको पनि ठाकुर–महतो पक्षका नेताको भनाइ छ।
ठाकुर–महतो पक्षका नेता लक्ष्मणलाल कर्णले सरकारले संसद विघटन गर्नु संविधानसम्मत भएको बताए। संसद्ले सरकार दिन नसक्ने, विजनेश समेत दिन नसक्ने अवस्थामा विघटन गर्नु उचित नै भएको कर्णको भनाइ छ।