Wednesday 16th September 2026

कविताः आमा -सुशिला पाैडेल


आमा भनि बोलाए मध्य रातमा
झसङ्ग विउँझिदा सिरानी साथमा
बालापनको यादले सतायो अहिले
मेरी आमा गुमाइसके धेरै पहिले ।।

संसारमा दुःखी जो छ आमा नहुँदा
मै नै हुँ अभागी भनि दिलमा दुख्दा
भन्छन् कुरा काट्नेले आई अगाडी
पीडा सुनाउ कसलाई जानी जानी ।।

बिरामी म हुँदा आतिनु हुन्थ्यो आमा
राम्रो गरे खुसीले मात्तिनु हुन्थ्यो आमा
रोग भोक र शोकमा सधैं जुट्नु हुन्थ्यो
अधर्मी र पापीलाई सधैं कुट्नु हुन्थ्यो ।

काेमल दिलकी सबकाे सेवामा लाग्ने
धनको आडम्मर नदेखाइ भावनामा बग्ने
समान ब्यबहार गर्नु हुन्थ्यो सधैं मेरी आमा
अप्ठ्याराे जंघार तर्नु हुन्थ्यो मेरी आमा ।।

ज्ञानगुनका कुरा सिकाउने मेरी आमा
अक्षरहरु घरमै चिनाउने मेरी आमा
आमा बिनाको जिन्दगी उजाड लाग्छ
एक्लो टुहुरो जिन्दगी खै कता भाग्छ।।

सुशिला पौडेल
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

प्रतिकृयाहरू
...