Monday 3rd August 2026

११ देशमा राजदूत नियुक्तिको सिफारिस


तितोपाटी- सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ ।मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् । सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।

गत सातामात्रै अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई उनको कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो भने कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई अर्को निर्णय नभएसम्मका लागि कार्यकाल थप गरिएको थियो । मध्यान्हन्युजबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

प्रतिकृयाहरू
...