Friday 28th August 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १९


जुनै जोगी आएपनी, लाग्छ कानै चिरे जस्तो।
अनेकौं ती बाहनामा,देश र जनता पिरे जस्तो।

ब्यक्तिगत सङ्गै हजुर, दलिय त्यो स्वार्थ राखि,
बिरालो नि बाघ बनी,सत्ता भित्र छिरे जस्तो।

शिक्षा,स्वास्थ,खानेपानी,संचार अनि यातायात,
बिकासको सबै काम ,भा’छन्‌ झारा तिरे जस्तो।

हिजो अस्ति गरेका ति, ब्यवहार हेर्दा खेरी,
दुनियाँ कै नजरबाट, गिर्न सम्म गिरे जस्तो।

सहि गलत नछुट्याइ, अघि पछि हिड्नेहरु,
अन्धभक्त भइ उस्कै,झोली तुम्ला भिरे जस्तो।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८, सुनखानी, दोलखा,
बागमती प्रदेश ।
(रचना: २०७८ बैशाख ३१ शुक्रबार)


सम्बन्धित शीर्षकहरु

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति…

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज…

भरतपुर — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। संकलित…

प्रतिकृयाहरू
...