Sunday 27th September 2026

वाग्मतीमा कोरोना सङ्क्रमणबाट एकै दिन ३४ जनाको मृत्यु


तितोपाटी- वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुईरदुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एकरएकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । रासस


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...