Sunday 5th May 2024

कोरोनाका कारण आइपिएल-२०२१ स्थगित


कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो।  आइपिएलअन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो।

कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर खेल हुँदै आएको थियो। खेलहरू दर्शकबिनाको रंगशालामा हुँदै आएका थिए। यसअघि बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो। चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो।  यसअघि सोमबार चेन्नईका सिइओ विश्वनाथनसहित बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो।कोलकताका दुई जना खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित भएको थियो। कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना लागेको थियो।

आइपिएलमा यसअघिका २९ खेलसम्म कोरोनाको असर देखिएको थिएन। कोलकता र बैंग्लोरबीचको ३०औं खेलदेखि भने असर देखिएको हो।पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ४ लाख बढीमा संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु हुने गरको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...