Sunday 24th August 2025

गण्डकी : हराएका सांसद खिमविक्रम अस्पतालको कोभिड वार्डमा


तितोपाटी- गण्डकी प्रदेशसभाको आजको बैठकमा अनुपस्थित भएका सांसद खिमविक्रम शाही अस्पतालमा रहेको बुझिएको छ । उनी पोखराको चरक अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई कोभिड-१९ वार्डमा राखिएको अस्पताल स्रोतले बतायो ।
तर, हिजो गरिएको पीसीआर परीक्षणमा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । आज गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको भन्दै आइसोलेसनमा राखिएको हो ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।
तर, राष्ट्रिय जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि सचेतक पियारी थापाले खोजी गरिदिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएकी थिइन् । शाहीको अवस्था अज्ञात रहेको र खोजी गरिदिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवदेन दिएपछि प्रदेशसभा बैठक स्थगित भएको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

बेरुत: लेबनानी सेनाहरू बिहीबार राति बेरुतको दक्षिणी उपनगरहरूमा रहेको बुर्ज अल-बराजनेह शरणार्थी शिविरमा प्रवेश गरे र प्यालेस्टिनी गुटहरूलाई निशस्त्रीकरण गर्ने…

प्रतिकृयाहरू
...