Monday 3rd August 2026

त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार


तितोपाटी- चितवन ,भरतपुर महानगरपालिका–१, ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीनजनाको उद्वार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा फलामको काम गर्दैगर्दा फलामसहित मजदुर खसेका थिए । दुईजना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीनजनाको उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । बेपत्ताको खोजी थालिएको छ ।
निर्माणाधीन सो पुलको केही भाग चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।
जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए ।
भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो । रासस


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात जिल्लाको कबल क्षेत्रमा आयोजित आतंकवादविरोधी तथा शान्तिको माग गरिएको र्‍यालीमा आत्मघाती विस्फोट हुँदा कम्तीमा १४…

दक्षिण भारतमा लगातार परेको भारी वर्षा र बाढीका कारण केरलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ७,७०० मानिसलाई…

क्यानडाको दोस्रो ठूलो एयरलाइन्स वेस्टजेट (WestJet) का करिब ४,४०० उडान परिचारिका (फ्लाइट अटेन्डेन्ट) आइतबार तलब तथा कार्यसम्बन्धी विवादका कारण हडतालमा…

प्रतिकृयाहरू
...