तितोपाटी- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लाग्न पार्टीका कमिटीलाई निर्देशन दिएका छन् ।
आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कोभिड–१९ विरुद्ध जिल्लामा हेल्प डेस्क बनाउन, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ओलीले हिजो साँझ बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकको निष्कर्ष बिफ्रिङ गरेको ज्ञवालीले बताए । हिजो बैठकमा पछिल्लो समय नयाँ भेरिन्ट देखिएकोले अस्पतालमा रहेका अधिकांश बिरामीलार्य अक्सिजन चाहिने भएकाले सरकारले चलाइरहेको अभियानमा पार्टीले कसरी सहयोग गर्ने भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।