Saturday 22nd August 2026

भारतमा बुधबार विश्वकै नयाँ रेकर्ड : एकै दिन तीन लाख १५ हजार नयाँ संक्रमित


भारतमा बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए ।

२४ घन्टामै कोरोनाकै कारण भारतमा दुई हजार एक सय एकजनाको मृत्यु भएको छ । लगातार दुई दिन दुई हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाए । भारतमा अहिले २२ लाख ८४ हजार संक्रमितको उपचार भइरहेको छ । बुधबार एक लाख ७९ हजार संक्रमित निको भएका छन् ।

मंगलबार दुई लाख ९४ हजार नयाँ संक्रमित भेटिएका थिए भने दुई हजार २१ जनाको मृत्यु भएको थियो । भारतमा संक्रमणबाट अहिलेसम्म एक लाख ८४ हजार सात सय ७२ को मृत्यु भएको छ । बुधबार नै महाराष्ट्रको एक सरकारी अस्पतालमा अक्सिजन ट्यांंक चुहिँदा २४ कोरोना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन ट्यांक मर्मत गर्दा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिँदा उपचाररत संक्रमितको मृत्यु भएको थियो ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...