Monday 17th November 2025

आफन्तको स्वागत र बिदाइ गर्न त्रिभुवन विमानस्थल जान रोक


तितोपाटी- सरकारले नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन विमानस्थलभित्र आफन्तको स्वागत र बिदाइका लागि जान रोक लगाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ भेरिन्टका संक्रमित बढेकाले विमानस्थल हाताभित्र स्वागत तथा बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएका जनाएको हो । उड्डयन कार्यालयले अत्यावश्यक अवस्थाबाहेक विमानस्थलमा प्रवेश नगर्न पनि अपिल गरेको छ ।
त्यस्तै, विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, शरीरको तापक्रम मापन गराएर टर्मिनल भवनभित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
लाइनमा लाग्दा भीडभाड नगरी तोकिएको सांकेतिक पाइला पछ्याउन र अन्य स्थानमा बस्दासमेत भौतिक दूरी कायम गर्न उड्डयन कार्यालयले अनुरोध गरेको छ ।
त्रिभवन विमानस्थलबाट स्वदेश तथा विदेशमा यात्रा गर्ने यात्रु, विमानस्थल सुरक्षाकर्मी, वायुसेवाका कर्मचारी लगायतलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...