Monday 1st June 2026

एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष कुँवरको घर जग्गा रोक्का गर्न माग


अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदूतावासमा गुनासो गर्नेको संख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।

बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताए ।

सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भए लगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।

-रासस

 


सम्बन्धित शीर्षकहरु

हालसम्म सार्वजनिक भएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, Ali Al Salem Air Base मा इरानले प्रहार गरेको भनिएको एक Fateh-110 ब्यालिस्टिक…

PSGले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लगातार दोस्रो पटक UEFA Europa League च्याम्पियन्स लिग जित्यो। निर्धारित र अतिरिक्त समय…

मनोज ज्ञवालीले प्रस्तुत गरेको बजेट विश्लेषण समग्रमा सकारात्मक र निजी क्षेत्रमैत्री दृष्टिकोणबाट गरिएको देखिन्छ। उनले बजेटका अवसरहरूलाई राम्रोसँग उजागर गरेका…

प्रतिकृयाहरू
...