Wednesday 29th July 2026

फाइजरको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी


तितोपाटी- कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ ।

हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप शतप्रतिशत प्रभावकारी देखिएको फाइजर–बायोएनटेकद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

फाइजर–बायोएनटेकको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै १६ वर्षदेखि माथिको उमेर समूहका व्यक्तिका लागि यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो ।

अध्ययनको क्रममा १२ देखि १५ वर्षसम्मका २२ सय ६० किशोर किशोरीमा गरिएको परीक्षणमा खोप सुरक्षित र संक्रमण रोक्न १०० प्रतिशत प्रभावकारी देखिएको हो ।

खोप लगाएका बालबालिका तथा किशोर किशोरीमा भाइरससँग लड्ने एन्टीबडीको विकास राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...