Sunday 18th January 2026

टहल आचार्यको गजल संग्रह – ९


नडराए हुने भयो अब बन्दुक गोलीसँग,
डराउनु पर्ने भयो प्रचण्ड र ओलीसँग ।

चैत बैसाख खडेरीको कुनै ख्याल नगरेर,
श्रावण भदौ उर्लने ती हिउँदका खोलीसँग ।

झुट्टो भासन आश्वासन चुनावको खातिरमा,
जनता र देश सक्ने धोकेवाजको टोलीसँग ।

आतेजाते बिदेशको ढोँगी भेष लगाएर,
गाँजा चरेश भित्र्याउने कमण्डलु झोलीसँग ।

पाए एकले अर्कालाई जरो किलै सिध्याउने,
मनमा ईर्ष्या तनमाथि चिल्लोचाप्लो बोलीसँग ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...