Wednesday 16th September 2026

टहल आचार्यको गजल संग्रह – ९


नडराए हुने भयो अब बन्दुक गोलीसँग,
डराउनु पर्ने भयो प्रचण्ड र ओलीसँग ।

चैत बैसाख खडेरीको कुनै ख्याल नगरेर,
श्रावण भदौ उर्लने ती हिउँदका खोलीसँग ।

झुट्टो भासन आश्वासन चुनावको खातिरमा,
जनता र देश सक्ने धोकेवाजको टोलीसँग ।

आतेजाते बिदेशको ढोँगी भेष लगाएर,
गाँजा चरेश भित्र्याउने कमण्डलु झोलीसँग ।

पाए एकले अर्कालाई जरो किलै सिध्याउने,
मनमा ईर्ष्या तनमाथि चिल्लोचाप्लो बोलीसँग ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...