Thursday 2nd May 2024

दरबारिया खाना अब पुस्तकमा


आर.बि.बुढाथोकी – नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला ! राजा महाराजले आफ्नो भोजनमा के के खान्छन त भन्ने गिज्ञासा सबैमा हुन्छ । उसिनेको बदेल टिमुरको धुलो मसलासँग खाने राणाहरुको लोकप्रिय र रोजाइको परिकार हो । चादिको थालमा घेराबन्द्दी गरेर भजन गर्नु हुनिहरुको सस्कार नै हो । भारतमा मुगाल राजाहरुको राज्यमा आफ्नै पहिचान बोकेको खाना भए जस्तै राणा खानदानमा पनि आफ्नै शैली थियो र छ । राणाहरु उपल्लो दर्जामा गणणा हुने हुँदा उनिहरुको खाने शैली र परीकारका बिषय धेरै अनबिज्ञ नै थिए तर अब खुल्ला किताब झै सम्पूर्ण खाना पुस्तकमा सार्वजनिक भएको छ । दरबारिया तबरको खानपान हुने राणा कालिन परिकारहरुको पनि आफ्नै ईतिहास छ ,आफ्नै काल खन्ड छ ।

छुट्टै पहिचान बोकेको राणा कुजिनलाई जोगाइ राख्नु पर्छ र त नयाँ पुस्ताले बुझ्ने अबसर पाउछन भनी यसका लागि पुस्तकमा उतार्न जरुरी ठानी रोहिनी राणाले यो अमुल्य आट गरेकी छिन । आफुले देखेको भोगेको र बनाएका राणा परीकारहरुलाई उनले संग्रह गर्ने हेतुले यो पुस्तक सार्वजनिक गरेकी हुन । खानाको बिषयमा कलम चलाऊन र पुस्तक लेख्न कुनै पाच तारे होटलको सेफ नै हुनु पर्दैन भन्ने अब्बल उधारणा उनले तयार गरेको पुस्तकले साबित गरेको छ । उनले तयार गरेको पुस्तकमा राणा समुदायको समुर्ण रैथाने परम्परागत खाना समाबेश गर्ने प्रयास गरिएको छ । राणा पकवानको ईतिहास लोप हुने देखेर उनले भोगेका दाउरामा पकाएका परिकार देखी आजको परिबेशसम्मका परिमार्जित खानाका रेसेपीहरु समेट्ने प्रयास गरिएको छ ।

उहाको अधुरो सपना ढिलै भए पनि पुरा भएकोमा दङग हुनु हुन्छ । यो पुस्तकले राणा समाजको खानपानका बिषयमा बिस्वलाई अबगत हुनेमा उहा विश्वस्त हुनु हुन्छ । जङगलमा शिकार गरिएका बदेलका याबत परीकार देखी आलुका राणा कालिन परिकार र भारतबाट प्रभाबित भएर बनेका नयाँ खानाका बिस्तारहरु पनि पुस्तकमा समाबेश छन । राणाहरु खानामा सोखिन थिए र स्वादिस्ट तबरका आफ्नै परिकार खान रुचाउथे भन्ने प्रमाण पनि पुस्तकले प्रस्ट पारेको छ । यो पुस्तकले नयाँ पुस्ताका पकवानमा चाख दिने जो कोहिलाई निकै उपयोगी सिद्द हुनेछ । १०४ वर्ष लामो शासन गरेको राणाका ९ दाजुभाइको भिन्नभिन्न घरका भान्छामा पाक्ने फरक परिकारहरुमा आ आफ्नै बिशेषता बोकेको लेखक रोहिनी राणाको भनाइ छ । जंगबहादुर देखि मोहन शमशेरसम्मको रेसिपी समाबेश गर्ने प्रयास गरिएको यो पुस्तकले धेरैको खुल्दुली मेटाएको छ र राणा कालिन खाना सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि राम्रो हतिहार साबित छ ।
राणा पारीकारहरु भुटेको,तारेको र मसलेदार चटपटा हुने हुँदा जो कोहिले सहज रुपमा तयार गर्न कठिन छ । नेपाली खानाको ईतिहासको खोजी गरीरहेको यो अबस्थामा हाम्रो खानाको सस्कार कस्तो थियो त भन्ने केही हत सम्म प्रस्ट छ ।

नेपाली खानालाई बिस्वसामु चिनाउन हामीले सर्ब प्रथम हाम्रो आ आफ्नो समुदायको खानपान बुझ्न जरुरी हुन्छ र राणा समुदायको खानपानको बिषयमा उनले चलाएको कलमले एक तर्फी ढोका खोलेको नेपाली खानपान बिज्ञहरुको ठहर छ । अबका दिनमा अन्य समुदायको पनि यसरी नै पुस्तकको रुपमा आउन सकेमा हामीले समग्र नेपाली खाना विश्वलाई चिनाउन धेरै समय कुर्नु नपर्ने देखिन्छ । राणा समुदायले प्रयोग गर्ने भाडाकुडा र खाने शैली जस्तै अन्य समुदायको पनि अध्ययन र अनुसन्धान गर्नु आजको प्रमुख आबश्यकता हो । जसरी हाम्रो धर्म कला संस्कृति बिस्व सामु चिनिदै गएको छ त्यही रफ्तारमा खानपान पनि चिनिनु जरुरी हुन्छ जुना कुरा आजका पुस्ताले जान्नु र बुझ्नु जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...