Tuesday 30th December 2025

४० वर्ष भारतको जेलमा बसेका इलामका दूर्गाप्रासद (दीपक जैसी) थुनामुक्त


तीतोपाटी – कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दूर्गाप्रसाद (दीपक जैसी)तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उनलाई रिहा गर्न कोलकाता स्थित उच्च अदालतले बुधवार साँझ आदेश दिएको थियो।

नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो।

दीपक २० वर्षको उमेरमा बि.सं. २०३७ सालमा इलामबाट हराएका थिए भने केहि महिना अघि भारतको कोलकाताको एउटा कारागारमा भेटिएका थिए ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसक्दा जेलमै उनको जीवन बरवाद भइरहेको थियो । उनी सन् १९८० मा भारतको दार्जिलिङबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए । ४० वर्ष सम्म उनी विरूद्धको मुद्दा पेशी नै नचढेपछि उनी मानसिक रूपमा समेत निकै कम्जोर भएको बताइएको छ । सोही कारण देखाइ कोलकाता उच्च अदालतले उनलाइ रिहा गरेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...