Tuesday 15th September 2026

सुरेश पाण्डेयको गजल संग्रह – १


गजल

तिमी माग्छौ खुशीको अनुहार मेरा आँसुका रातहरू छन् ।
कसरी खुशी हुन् सक्छु भित्र बसिरहेका अझै घातहरु छन् ।।

भन्न त दुनियाँले भन्छ यहाँ चोट नपाएको हुँदैन जिन्दगी
तर अघि बढ्न नदिने बिना गल्तीका छातीमा लातहरु छन् ।

को मित्र हुन् को दुश्मन कसरी सजिलै चिन्नुहुन्छ हजुरले
नाम नखुलेका अगाडि सम्बन्ध गाँस्न आउँने जातहरू छन् ।

हार खाएर पुग्न नखोजेको कहाँ होर म पनि यो सफलतामा
के गर्नु पुग्न नपाउँदै पछाडिबाट बन्दुक उठाउने हातहरू छन् ।

जमाना यो यतिसम्म बद्लिएछ बिचार गर्दैछु म आजभोली
जस्तो आँधी हुरी भित्र पनि हल्लिँदै नहल्लिने पातहरू छन् ।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...