Friday 3rd July 2026

कुवेतबाट केदार अालेले शुरू गरे श्री ज्यु माविको लागि कम्प्युटर तथा अक्षयकोष खडा गर्ने अभियान


तितोपाटी – खोटाङ बराहपोखरी गाउँपालिका – २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लाई आर्थिक सहयोग संकलन गरि अक्षयकोष स्थापना र कम्प्युटर सहयोगको लागि केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापना गर्नको लागि देश तथा विदेशबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ।

बागा – २ का समाजसेवी चन्द्र कुमार राईबाट सोलार प्यानल सहयोग पछि प्रवासबाट सामाजिक सेवाका कार्यमा अग्रसर केदार आले मगरको अध्यक्षतामा अक्षयकोष स्थापना गरि कम्प्युटर सहयोग गर्न पहल गरिएको विद्यालयका प्राध्यापक तुलसीप्रसाद पोखरेलले बताए ।

 

शिक्षा, स्वास्थ्य र यातायातको सुविधाबाट वन्चित विद्यालय, आर्थिकस्तर कमजोरीका कारणले गर्दा कम्प्युटर शिक्षा पढ्नको लागि आर्थिक खर्च गरेर शहर जान परेको कारणले गर्दा विद्यालयमा नै उपलब्ध गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नको लागि आर्थिक अभियान सुरु गरिएको अध्यक्ष केदार आले मगरले बताए ।

 

सामाजिक सेवाका कार्य गर्न भने पछि मरिहत्ते गर्ने अाले मगर सेवाका कार्यमा दिनरात केहि नभनी दिलोज्यान दिएर  लाग्ने गरेका छन् । विगत लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा लागिरहेका आलेले श्री प्रा.वि.सुन्तले विद्यालयको लागि पनि आफ्नै नेतृत्वमा प्रवासीको साथ र सहयोग माग्दै करिब ८ लाख रूपैयाँको अक्षयकोष स्थापना र कम्प्युटर सहयोग अभियान सफल पारी सकेका छन।

अाफै एक प्रवासी श्रमिक जीवन बिताइरहेका अाले मगरले आफु जन्मिएको माटोलाई छोडेर अरुको देशमा रातदिन खटेर भएपनि कमाएको केहि रकमको सहयोगले समाजमा केहि सुधार आउछ भने किन सहयोग ? नगर्ने भन्दै  मनका धनि सामाजिक सेवाको भावना बोकेर विभिन्न देशमा कार्यरत सुन्तलेबासीहरुको समिति बनाई यस श्री ज्यू माबिलाई पनि अक्षयकोष स्थापना गरि कम्प्युटर सहयोग गर्नको लागि यो अार्थिक अभियान सुरु गरेका छौ भन्दै सुन्तलेमा जन्मनु भएर देश विदेशमा रहनु हुने सम्पुर्ण सुन्तले बासी दाजुभाई तथा दिदीबहिनीहरुलाई आफुले सकेको सहयोग गरि जन्मथलोमा उदाउँदै गरेका भविष्यका कर्णधार बालबालिकाको उज्वल भविष्य निर्माण तथा जन्मथलोमा शिक्षाको गुणस्तर विकासको लागि एक इटा थप्न सबैमा सार्वजनिक रूपमा हार्दिक अनुरोध तथा अाव्हान गरेका छन् ।

स्वदेश तथा विदेशबाट सहयोग गर्न चाहने मनका धनी सामाजिक भावना भएका जो कोहीले खोटाङ बराहपोखरी गाउँपालिका – २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि मा कम्प्यूटर शिक्षा संचालनको लागि अावश्यक पर्ने कम्प्युटर खरिद गर्न तथा अार्थिक रूपमा सम्पन्न विद्यालय बनाउनको लागि खडा गर्न लागिएको अक्षयकोष स्थापनार्थ तपसिल बमोजिम सहयोग संकलन गर्न/गराउन सक्नुहुनेछ ।

सहयोगको लागि सम्पर्क ः

कुवेत सम्पर्क

केदार अाले मगर

 +965-65178361

 

युएइका लागि सम्पर्क

राजेन्द्र दाहाल

+971-562546460

कतारका लागि सम्पर्क

तिर्थराज बन्जारा

+974-31150591

चुडामणि दाहाल

+974-556673006

 

मलेसियाका लागि सम्पर्क

पुकाल श्रेष्ठ

+60-11662310327

 

नेपालका लागि सम्पर्क

ध्यान कुमार रार्इ

+977-9863911009

 

 

 

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...