Thursday 12th February 2026

साउदी अरबमा ३८ जना नेपाली कामदार अलपत्र


तितोपाटी – साउदी अरबमा ३८ नेपाली कामदार अलपत्र परेका छन् । सम्झौता अनुसारको तलब नपाउँदा ति कामदारहरू अलपत्र परेको बुझिएको छ । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेका थिए । ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपाली कामदारहरूलाई कम्पनीले सडकमा निकालिदिएको हो ।

यसरी अलपत्र पर्नेहरूमा खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ र युवराज निरौला रहेका छन् । यस्तै डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देवेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई र टंकबहादुर कार्की पनि अलपत्र परेका छन् ।

दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माका अनुसार सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे ब्लोन, सूर्यबहादुर बम्जन, भोजपुरका सूर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दीपक गुरुङ, नारायण गिरी र रामेछापका केशव खड्का पनि अलपत्र छन् ।

क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिलको मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट ‘सोनमार कन्टक्टिङ ट्रेडिङ एडभरटाइजिङ’ कम्पनीमा पठाइएका उनीहरुले काम गरे पनि तोकिएको समयमा तलब नपाएपछि सोमबार ड्यूटी जान इन्कार गरेका थिए ।

तलब नदिएपछि एक दिन ड्यूटी छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेसन श्रेष्ठले बताए । काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेका थिए । अलपत्र युवाले उद्धारको माग गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...