Monday 20th April 2026

१ सय ६१ नेपाली महिला श्रीलंका हुँदै कुवेत कसरी पुगे ?


तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्‍याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्‍याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै नेपाली महिला कसरी कुवेत आइपुगे भनेर अध्ययन भइरहेको र परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायलाई जानकारी गराइएको दूतावास स्रोतले बताएकाे छ ।

सरकारले नेपालबाट भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति महिला कामदारका हकमा कडाइ गर्न थालेपछि भारतहुँदै नेपालीलाई घरेलु रोजगारीका लागि खाडीका देश र मलेसिया पुर्‍याउन थालिएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा महिलासँगै पुरुष कामदारकाे पनि तस्करी भइरहेको छ । तस्करहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर पैसा असुली विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने गरेकाे वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताए ।

विभागले दिउँसो मात्र होइन, रातिसमेत रोजगारीका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न प्रयास गरिरहेको महानिर्देशक दहाल बताउँछन् । उनी भन्छन्, ‘वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसलाई नियन्त्रण र रोक्न प्रयास भइरहेको छ ।’

२०७२ साल चैतदेखि सरकारले खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी नै गरेको छैन । घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ । तर, घरेलु रोजगारीका लागि नेपाली महिला कामदार तेस्रो देश र व्यक्तिगत श्रम स्वीकृतिमा मानव तस्करले ओसार्ने काम गरिरहेका छन् ।
वैधानिक रूपमा विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रूपमा तेस्रो मुलुकको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ ।  –साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात्…

प्रतिकृयाहरू
...