Tuesday 5th August 2025

कुवेतले यात्रु आगमनमा कडाइ गर्यो, एउटा विमानले ३५ भन्दा बढि यात्रु बोक्न नपाउने


तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु हुने भएको छ।

विश्वव्यापी कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निरन्तर रहेको कुवेत सरकारले यात्रुहरूको सिट संख्या घटाउने निर्णयबाट अझ सहज हुने बताइएको छ।

नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई कुवेतमा जनवरी २४ देखि फेब्रुअरी ६ तारिक सम्मको लागी सम्पूर्ण कुवेत आउने एयरलाइन्सलाई सिट संख्या घटाउन निर्देशन दिएको छ।

एउटा विमानले ३५ जना भन्दा धेरैको संख्यामा उड्डान भर्न नपाउने बताइएको छ। “यस निर्णयले कुवेत एयरपोर्टमा संचालित सबै एयरलाइन्सलाई समेट्ने र अर्कों सूचना जारी नहुन्जेल प्रती दिन केबल एक हजार यात्रीआउन मिल्ने डीजीसीएका एयर ट्रान्सपोर्ट प्रमुख अब्दुल्लाह अल राजीले बताएका छन।

अब्दुल्लाह अल राजीकाले अल अनबा अखबारलाई दिएको जानकारी अनुसार कुवेती स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस फैलिने रयसको नयाँ तनाव नियन्त्रण गर्न अर्को दुई हप्तामा सावधानीको आवश्यकता रहेकोले उक्त निर्णय लिएको बताए।


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...