Thursday 17th September 2026

कुवेतले यात्रु आगमनमा कडाइ गर्यो, एउटा विमानले ३५ भन्दा बढि यात्रु बोक्न नपाउने


तितोपाटी- कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ।आइतवार अर्थात भोली २४ जनवरीदेखी उक्त निर्णयको लागु हुने भएको छ।

विश्वव्यापी कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निरन्तर रहेको कुवेत सरकारले यात्रुहरूको सिट संख्या घटाउने निर्णयबाट अझ सहज हुने बताइएको छ।

नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई कुवेतमा जनवरी २४ देखि फेब्रुअरी ६ तारिक सम्मको लागी सम्पूर्ण कुवेत आउने एयरलाइन्सलाई सिट संख्या घटाउन निर्देशन दिएको छ।

एउटा विमानले ३५ जना भन्दा धेरैको संख्यामा उड्डान भर्न नपाउने बताइएको छ। “यस निर्णयले कुवेत एयरपोर्टमा संचालित सबै एयरलाइन्सलाई समेट्ने र अर्कों सूचना जारी नहुन्जेल प्रती दिन केबल एक हजार यात्रीआउन मिल्ने डीजीसीएका एयर ट्रान्सपोर्ट प्रमुख अब्दुल्लाह अल राजीले बताएका छन।

अब्दुल्लाह अल राजीकाले अल अनबा अखबारलाई दिएको जानकारी अनुसार कुवेती स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस फैलिने रयसको नयाँ तनाव नियन्त्रण गर्न अर्को दुई हप्तामा सावधानीको आवश्यकता रहेकोले उक्त निर्णय लिएको बताए।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...