Thursday 2nd May 2024

कुहिरो भित्र दुइ घण्टा थुनिएपछि… –


नारायण कोइराला – अलार्मको आवाज सगै म उठेको थिएँ । समय बिहानको पाँच तीस भएको थियो । रात सकिए पनि अध्यारो सकिएको थिए न। उठ्ने बितीकै म आफ्नो पालो अनुसार ट्वाइलेट तिर गए । अलिकति ढीलो भयो भने साथीभाइ पनि त डिउटी जानु छ भन्ने कुरा सोच्नु पर्यो।

चिसोपानी शरीरमा हाल्दा आफ्नो हो कि अर्काको शरीर हो जस्तो भयो । हतपत सग जति हुन्छ स्नान गरी पुनः कोठा तिर आएँ । साथीले कोठाको झ्याल खोल्नु भएको रहेछ । बाहिरबाट आएको एक झोक्का कुहिरो मेरो अनुहारमा पर्यो । दिन आज चिसो खाने जो रहेछ भनि मन बुझाए । बाहिर हेर्दा पुरै कपास जस्तो कुइरो लागेको थियो ।

कुहिरो छ,जाडो छ,सक्दिन भन्न पनि नपाइने । के गरु पासपोर्टमा सम्झौता गरेको छु । मरिच, अदुवा अलैंची राखिएको मसलादार चिया पिएर आफूलाई तातो बनाउने प्रयास गरें । चियापान पछि नयाँ पुराना हाइनेक देखि जाकेट सम्म शरीरको सुरक्षामा खटाए ।

बल्लतल्ल बस् आउने,बस् बिसौनी सम्म पुगे । साथी भाइहरू पनि काप्दै आउँदै थिए । कुहिरो बढी लागेको हुँदा आफ्नो बस चिन्न पनि कठिन भएको थियो । नजिकबाट नबर पेलट हेरी बसभित्र पसे । अगाडि पुलिसको गाड़ी आएर रोकियो । कुहिरो नखुल्नजेल जान नपाउने भयौ । अब के गर्ने कुहिरो संग सोध्न पनि नसकिने कति बेला जान्छस् भनी । बस छोडी रूममा गयो भने बस छुट्छ की भन्ने डर । यहाँको प्रहरीसँग जबर्जस्ती गर्ने कुरो पनि भएन । कानुनले चलेको देश हाम्रो जस्तो नेताले चलेको देश भएन ।

कुहिरोले सेकी रहेको थियो । टाउको देखि तल पैतलामा सम्म मोजा लाउँदा नी कताबाट चिसो पस्छ। थाहा नै भएन । हामी सबै बसमा बसेका छौ । पुरानो टाटा गाड़ी भएको हुँदा कुहिरो झ्यालको चरबाट भित्र आएको छ । मजदुर हुन भनेर कुहिरोले हामीलाई सहयोग गरेको छैन।

करिब दुई घण्टा पछि अलि अलि बाटो देखिन थाल्यो । पुलिस आएर लोकल यरिएका बसलाई जान दियो । हामी पनि लोकल जो पर्ने हुँदा हामीहरू जान पायौं । यही समयको सदुपयो यतिबेरमा यों मेरो लेख पनि तयार भएको थियो।

कस्तो लायो यो अनुभव भनी पोस्ट गरे। प्रतिक्रिया आउन त बाँकी छ।हेरौं कस्तो हुन्छ।
त्यो त हजुरहरुले दिने कुरा हो।

तानसेन पाल्पा
हाल, यूएई


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...