Tuesday 25th August 2026

बद्री पंगेनीकै शैलीमा कोमल वली, ओलीको प्रशंसामा गाइन् गीत


 प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई धुर्व धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् ।

फौद बहादुर बस्नेतको शब्द, धुर्व धितालको संगीत रहेको गीतमा संगीत संयोजना बिनोद बाजुरालीले गरेका छन् । गीतमा केपी वलीलाई नेपालीको ढुकढुकी र भरोसाको केन्द्र समेत भनिएको छ । ओलीको जीवन विकाशको यत्र समेत भनिएको शब्द राखिएको गीतमा केपी ओलीको आजमात्र होइन भोलीको लागि पनि खाचो रहेको कुरा गरिएको छ ।
गायक बद्री पंगेनीकै शैलीमा तयार गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा प्रधानमन्त्री केपी ओलीको बिभिन्न समयका क्रियाकलापका फुटेज समेटिएका छन् । भिडियो गायक गायिकालाई समेत देख्न सकिन्छ ।

भिडियोमा पछिल्लो समयका देश बिकाशका फुजेट समेत राखिएको देख्न सकिन्छ । साई भिजनले निर्माण गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।

गायिका कोमल ओलीले गीत अहिलेको नभएर चुनावको बेलाको भएको बताइन् ।  ‘त्यो चुनावको समयको गीत हो’ गायिका ओलीले भनिन् ‘त्यति बेला बाहिर आएको थिएन । अहिले निर्माण युनिटले ल्याए होलान् ।’ गीत अहिले रिलिजको बिषयमा निर्माण टिमले आफुलाई केही जानकारी नगराएको गायिका ओलीको भनाई रहेको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग लामो दूरीका मिसाइल उत्पादनसम्बन्धी प्रविधि र जानकारी साझेदारी गर्ने बेलायतको निर्णयप्रति रुसले कडा प्रतिक्रिया जनाएको छ। क्रेमलिनका एक वरिष्ठ…

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

प्रतिकृयाहरू
...