Tuesday 15th September 2026

लण्डनमा एक नेपालीको हत्या


तितोपाटी- लण्डनस्थित इष्टकोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सहसंयोजक कृष्ण तिमल्सीनाका अनुसार काठमाडौं जोरपाटी घरभै हाल नर्थोल्डमा बसोबास गर्दै आएका ३५ वर्षीय बिक्रम केसीको हत्या भएको हो।

इष्टस्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजेर ३० मिनेटतिर भएको दुई पक्ष बीचको भिडन्त हुँदा उनको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पश्चिम लन्डनको फिल्ड एण्ड रोडको कार्पेट वल्र्ड बाहिर उनी माथि अज्ञात समूहले आक्रमण गरेको थियो।
स्थानीय एक रेष्टुरेन्टमा सेफको रुपमा कार्यरत केसी लण्डनमा श्रीमतीसंग बस्दै आएका थिए।

घटनाको सम्बन्धमा २१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। केसी भारत, कुवेत हुँदै लण्डनमा वर्कपरमिट भिषामा बेलायत आएका थिए।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...