Sunday 11th January 2026

फ्रान्सले २० वर्ष पछि दोश्रो पटक विश्वविजेता बनेर उपाधि जित्यो


तितोपाटी – २० वर्षपछि इतिहास दोहोर्याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ ।

क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो । पहिलो हाफमा फ्रिकिकबाट आएको बललाई रक्षा गर्न खोज्दा मान्डझुकिचको हेडिङ मार्फत आत्मघाती गोल हुँदा फ्रान्स १-० ले अग्रता बनाउन सफल भयो । तर, खेलको १० मिनेटमै पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर, ३८ औं मिनेटमा पेनाल्टीमा पाएको बललाई गोलमा परिणत गर्दै फ्रान्सले पुनः अग्रता बनाउन सफल भयो । पहिलो हाफ २-१को अग्रता बनाएको फ्रान्सले दोश्रो हाफको ६८ औं मिनेटमा पोग्वाले थप गोल गर्दै खेललाई ३-१को अग्रता बनाएको थियो । त्यसपछि पुनः ६५ मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई आफ्नो पकडमा पार्न सफल भयो ।

गोलकिपरको गल्तीका कारण मान्डजुभिचले गोल गर्दै खेलमा अग्रता छोट्याउन सफल भए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भयो भने पेनाल्टी र आत्मघाती गोल क्रोएसियाका लागि घातक सावित हुँदा २०१८ विश्वकपमा दोश्रो स्थानमा नै चित्त बुझाउनपर्यो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...