Monday 20th April 2026

फ्रान्सले २० वर्ष पछि दोश्रो पटक विश्वविजेता बनेर उपाधि जित्यो


तितोपाटी – २० वर्षपछि इतिहास दोहोर्याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ ।

क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो । पहिलो हाफमा फ्रिकिकबाट आएको बललाई रक्षा गर्न खोज्दा मान्डझुकिचको हेडिङ मार्फत आत्मघाती गोल हुँदा फ्रान्स १-० ले अग्रता बनाउन सफल भयो । तर, खेलको १० मिनेटमै पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर, ३८ औं मिनेटमा पेनाल्टीमा पाएको बललाई गोलमा परिणत गर्दै फ्रान्सले पुनः अग्रता बनाउन सफल भयो । पहिलो हाफ २-१को अग्रता बनाएको फ्रान्सले दोश्रो हाफको ६८ औं मिनेटमा पोग्वाले थप गोल गर्दै खेललाई ३-१को अग्रता बनाएको थियो । त्यसपछि पुनः ६५ मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई आफ्नो पकडमा पार्न सफल भयो ।

गोलकिपरको गल्तीका कारण मान्डजुभिचले गोल गर्दै खेलमा अग्रता छोट्याउन सफल भए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भयो भने पेनाल्टी र आत्मघाती गोल क्रोएसियाका लागि घातक सावित हुँदा २०१८ विश्वकपमा दोश्रो स्थानमा नै चित्त बुझाउनपर्यो ।


सम्बन्धित शीर्षकहरु

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात्…

प्रतिकृयाहरू
...